काठमाडौं, १४ साउन ।
एक क्विन्टल अवैध सुन प्रकरणले राजनीतिक वृत्तमा ताप उत्पादन गरिरहेकाे बेला नेपाल सरकारका प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ ।
अवैध सुन प्रकरणले राजनीतिक वृत्त तताइरहेकाे बेला र गृहमन्त्री तथा अर्थमन्त्रीकाे समेत चर्काे रूपमा राजीनामा माग भइरहेकाे बेला भएकाे याे भेटलाई अर्थपूर्ण मानिएकाे छ ।
काेशी प्रदेशमा नयाँ सरकार गठन र सर्वाेच्च अदालतमा प्रधानन्यायाधीश नियुक्तिकाे प्रक्रियासमेत चलिरहेकाे बेला भएकाे भेटलाई राजनीतिक वृत्तमा अर्थपूर्ण मानिएकाे छ ।
यद्यपि दुई नेताबिच भेटमा समसामयिक राजनीतिक परिस्थितिबारे छलफल भएको बताइएकाे छ ।
प्रधानमन्त्री प्रचण्डलाई भेट्न एमाले अध्यक्ष ओली आज बिहान बालुवाटार पुगेका थिए ।


