कोरोनाका सङ्क्रमित बढेपछि स्पेनको गलिसिया क्षेत्रमा फेरि लकडाउन – Kanika Khabar
Friday, December 5Nepali News Portal

कोरोनाका सङ्क्रमित बढेपछि स्पेनको गलिसिया क्षेत्रमा फेरि लकडाउन

    मा प्रकाशित

कनिका डेस्क
असार २२, दाङ
स्पेनको उत्तर–पश्चिमी क्षेत्र गलिसियामा कोरोना भाइरसको सङ्क्रमण तीव्र गतिमा फैलिन थालेपछि पुनः लकडाउन जारी गरिएको छ । ७० हजार जनसंख्या रहेको गलिसियामा कोरोना सङ्क्रमणले तीव्रता लिएपछि हटाईएको लकडाउनलाई पुनः जारी गरिएको हो ।

अत्यावश्यक काम बाहेक घरबाट बाहिर ननिस्कन भन्दै सर्वसाधारणलाई सावधानी अपनाउन आग्रह गरिएको छ । यसअघि शनिवार मात्रै स्पेनको क्याटेलोनियामा पनि कोरोना सङ्क्रमण फेरि बढ्न थालेको भन्दै लकडाउन पुनः जारी गरिएको थियो । स्पेन युरोपकै तेस्रो कोरोना प्रभावित मुलुक हो । जहाँ हालसम्म २ लाख २८ हजारभन्दा बढी मानिसहरु सङ्क्रमित भएका छन् भने २८ हजार ३ सयभन्दा बढीको मृत्यु भइसकेका छन् ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्