टेकबहादुर पुन
दाङ, १४ साउन ।
दाङकाे देउखुरीमा एक गाडीले माेटरसाइकललाई ठक्कर दिंदा दुई जना घाइते भएका छन् ।
लमही नगरपालिका वडा नम्बर ७ बनगै जङ्गलमा आज आइतबार बेलुका साढे ५ बजे गाडीले मोटरसाईकललाई ठक्कर दिंदा दुई जना घाइते भएका हुन् ।
पश्चिमबाट पूर्व जाँदै गरेको सरकारी नम्बर प्लेट भएको बा २ झ ४५४६ नम्बरको महिन्द्रा पिकअप गाडीले पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको रा ३ प ५५९८ नम्बरको मोटरसाईकललाई ठक्कर दिँदा २ जना गम्भीर घाइते भएका हुन् ।
घाईते हुनेमा लमही नगरपालिका वडा नम्बर ९ तेलिया निवासी बर्ष ५२ का भिम बहादुर कुमाल र सोही ठाउँ निवासी बर्ष ३३ का अमृत राजकोटी रहेका छन । कुमालको खुट्टा र टाउकोमा गहिरो चोट छ भने राजकोटीको पनि खुट्टामा चोट छ ।
गाडीका चालक फरार रहेको वडा प्रहरी कार्यालय लमहीका प्रहरी प्रमुख शङ्कर श्रेष्ठले बताए ।


