दाङमा चितलकाे १७ केजी सुकुटीसहित तीन जना पक्राउ – Kanika Khabar
Monday, February 16Nepali News Portal

दाङमा चितलकाे १७ केजी सुकुटीसहित तीन जना पक्राउ

    मा प्रकाशित

दाङ, १५ साउन ।

दाङमा चितलकाे १७ केजी सुकुटीसहित तीन जना पक्राउ परेका छन् ।

प्रहरीले गढवा गाउँपालिका वडा नम्बर ६ का ३० वर्षिय मनाेज थापा मगर, साेही ठाउँका ३१ वर्षिय करण केसी र लमही नगरपालिका वडा नम्बर ६ का नुर बहादुर कुमाललाई आईतवार बेलुका साढे पाँच बजेतिर चितलकाे १७ केजी सुकुटी सहित पक्राउ गरेकाे हाे ।

तीनै जनालाई घाेराही-३ कुहिरेपानीबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रवक्ता डिएसपी राजन कुमार गाैतमले जानकारी दिए ।

लमही देखी घोराही तर्फ आउदै गरेको रा २ प ६१९५ नम्बरको मोटरसाईकल र निज संगै रहेको बा ९१ प ११०७ नम्बरको मोटरसाईकल रोकी चेकजाँच गर्ने क्रममा सोही बा ९१ प ११०७ नम्बरको मोटरसाईकल पछाडी सवार करण केसीले प्लाष्टिकको जेब्रा झोला बोकेको अवस्थामा चितलकाे सुकुटी बरामद गरिएको प्रवक्ता गाैतमले बताए ।

पक्राउ परेका तीनै जनालाई आवश्यक कारबाहीको लागि डिभिजन वन कार्यालय घोराही दाङमा बुझाईएको प्रहरीले जनाएको छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्