मा प्रकाशित
काठमाडौं, १६ साउन ।
संघीय संसद अन्तर्गतकाे प्रतिनिधिसभाकाे बैठक एक सातासम्मलाई स्थगित गरिएकाे छ ।
आज मंगलबारका लागि बोलाएको प्रतिनिधिसभाको बैठक सूचना निकालेर एक साताका लागि स्थगित गरिएको हाे ।
प्रतिनिधिसभाको अर्को बैठक साउन २२ गते सोमबार दिउँसो १ बजे बस्ने छ।
उच्चस्तरीय छानबिन समिति बनाउने विषयमा सहमति नजुटेपछि सूचना टाँस गरेर प्रतिनिधिसभा बैठक सोमबारसम्मका लागि स्थगित गरिएको हो।
यसबीचमा माओवादी केन्द्रीय समिति बैठक भएकाले ६ दिन लामो सदन स्थगित भएको हो।



