काेशी प्रदेश : मुख्यमन्त्रीमा पुन: थापा नियुक्त – Kanika Khabar
Tuesday, February 17Nepali News Portal

काेशी प्रदेश : मुख्यमन्त्रीमा पुन: थापा नियुक्त

    मा प्रकाशित

काठमाडौं, १६ साउन ।

काेशी प्रदेशकाे मुख्यमन्त्रीमा नेपाली काङ्ग्रेसमा नेता उद्धव थापाले नियुक्त भएका छन् । मुख्यमन्त्री नियुक्त भएको २२ दिनमै पदमूक्त भएका थापाले पुनः प्रदेश प्रमुख पर्शुराम खापुङ समक्ष बहुमतको दाबी प्रस्तुत गरेपछि थापा पुन: नियुक्त भएका हुन् ।

प्रदेश प्रमुख खापुङले आज ५ बजेसम्मको समय दिएर संविधानको धारा १६८ को उपधारा २ अनुसार दुई वा दुईभन्दा बढी दलको समर्थनमा सरकारको दाबी पेस गर्न आव्हान गरेका थिए ।

सरकार गठनका लागि ९३ सदस्यीय प्रदेश सभामा ४७ सांसदको समर्थन आवश्यक परेकाे थियाे । गठबन्धन दल कांग्रेसका २९, माओवादीका१३, एकीकृत समाजवादीका ४ र जनता समाजवादी पार्टीका एक गरी ४७ मात्रै सांसदकाे बहुमतमा थापा मुख्यमन्त्रीमा नियुक्त भएका हुन् ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्