दोलखामा पहिरोमा परी एक बालकको मृत्यु, तीन जना बेपत्ता – Kanika Khabar
Monday, February 16Nepali News Portal

दोलखामा पहिरोमा परी एक बालकको मृत्यु, तीन जना बेपत्ता

    मा प्रकाशित
तस्बिर स्रोत: गोकर्ण भण्डारीको फेसबुकबाट

दोलखा, १९ साउन ।
दोलखामा गएको पहिरोमा परी एक बालकको मृत्यु भएको छ भने तीन जना बेपत्ता भएका छन् । जिल्लाको गौरीशंकर गाउँपालिका वडा नम्बर ७ टोपाटारमा पहिरोमा पुरिएर तीन वर्षीय बालक प्रिन्स थामीको मृत्यु भएको वडा नम्बर( ७ का वडाध्यक्ष सोनाम शेर्पाले जानकारी दिए ।

पहिरोमा पुरिएर ३ जना बेपत्ता छन् भने ३ जना घाइते भएका छन्। ४९ वर्षीय हरिलाल श्रेष्ठ, ६० वर्षीय कृष्णबहादुर मगर र ५० वर्षीया देवी माया मगर बेपत्ता रहेको प्रहरीले जनाएको छ।

टोपाटारका ४० वर्षीय यज्ञबहादुर थामी, उनकी श्रीमती ३९ वर्षीय धनमाया थामी र बुहारी २२ वर्षीया सिता थामी घाइते भएका छन्। उनीहरूलाई उपचारका लागि सिंगटी पठाइएको छ।

बेपत्ताको खोजी गर्न ९ जना नेपाल प्रहरी, २५ जना नेपाली सेना र १२ जना सशस्त्र प्रहरी खटाइएको छ।

 

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्