एक क्विन्टल सुन प्रकरण : अनुसन्धान अधिकृतमा एसपी थापा – Kanika Khabar
Monday, February 16Nepali News Portal

एक क्विन्टल सुन प्रकरण : अनुसन्धान अधिकृतमा एसपी थापा

    मा प्रकाशित

काठमाडौँ, २२ साउन ।
एक क्विन्टल अवैध सुन छानबिनका लागि जिम्मेवारी पाएको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) अनुसन्धान प्रक्रिया अगाडि बढाएको छ । अनुसन्धानका लागि प्रहरी उपरीक्षक (एसपी) सञ्जयसिंह थापा अनुसन्धान अधिकृत तोकिएका हुन् ।

प्रहरीका केन्द्रीय प्रवक्ता डिआइजी कुवेर कडायतले सिआइबीका एसपी थापा नेतृत्वको सुन प्रकरणको अनुसन्धान अघि बढेको जानकारी दिए। ‘एसपी थापाको नेतृत्वमा अनुसन्धान सुरू भएको छ, आवश्यकताअनुसार जनशक्ति परिचालन गरी अनुसन्धान हुन्छ,’ उनले बताए।

आइतबार राजश्व अनुसन्धान विभागले सुन प्रकरण अनुसन्धान गर्ने जिम्मा प्रहरीलाई दिएको थियो। यसअघि राजस्व अनुसन्धान विभागले गरिरहेको अनुसन्धानमा सहयोग गर्न प्रहरी प्रधान कार्यालयले एसपी कृष्ण पंगेनीलाई खटाएको थियो । अहिले पंगेनीलाई पनि सीआईबीको अनुसन्धानमा सहयोग गर्न खटाइएको छ ।
हङकङबाट क्याथे प्यासिफिक एयरवेजबाट ुब्रेक शुु भित्र लुकाएर ल्याइएको ठूलो परिमाणको सुन गत साउन २ गते बरामद भएको थियो। भन्सार जाँच पास भएर छुटेको करिब १०० किलो सुन राजश्व विभागले बरामद गरेको थियो।

यो प्रकरणमा विभागले १८ जनालाई पक्राउ गरेको थियो। जसमध्ये एक जनालाई हाजिर जमानीमा छाडेको थियो।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्