दाङ जिल्ला क्रिकेट संघको अध्यक्षमा मजगैयाँ निर्वाचित – Kanika Khabar
Wednesday, February 18Nepali News Portal

दाङ जिल्ला क्रिकेट संघको अध्यक्षमा मजगैयाँ निर्वाचित

    मा प्रकाशित

घोराही, २२ साउन ।

दाङ जिल्ला क्रिकेट संघको अध्यक्षमा पुनः प्रदिप मजगैयाँ निर्वाचित भएका छन् । सोमवार घोराहीमा भएको चौथो जिल्ला अधिवेशनले मजगैयाँको अध्यक्षतामा १३ सदस्यीय जिल्ला कार्यसमिति चयन गरेको निर्वाचन समितिका संयोजक अधिवक्ता नारायण डाँगीले जानकारी दिनुभएको छ । ।
उहाँका अनुसार संघको उपाध्यक्षमा किशोरकुमार घर्तीमगर, सचिवमा सञ्जु केसी ‘पुरन’ र कोषाध्यक्षमा बालकृष्ण खत्री निर्वाचित हुनुभएको छ । त्यसैगरी सदस्यमा किशोरचन्द्र गौतम, कैलाश रोकामगर, अनु केसी, केशव झाक्री मगर, प्रविन बुढा मगर, रुपेश शर्मा, विकास आचार्य, सन्जोग गिरी र सन्दीप घर्ती निर्वाचित हुनुभएको छ ।
नेपाल क्रिकेट संघका केन्द्रीय सचिव दुर्गाराज पाठकले दाङ क्रिकेट क्षेत्रको विकासका लागि सम्भावना बोकेको ठाउँ भएकोे भन्दै पूर्वाधारसँगै खेलाडीको क्षमता विकासमा ध्यानदिनुपर्ने बताउनुभएको छ ।
खेलसँगै पूर्वाधार विकासका दृष्टिले दाङ जिल्ला प्रदेशमै सम्पन्न जिल्लामा पर्ने भएकाले पूर्वाधारसँगै खेलकुदको गुणस्तर सुधारमा ध्यानदिनुपर्ने बताउनुभएको हो । यो क्षेत्र प्रदेश राजधानी समेत भएकाले खेलकुदको विकासका लागि तीन तहका सरकारहरुले ध्यानदिनुपर्ने पाठकले बताउनुभयो ।
लुम्विनी प्रदेश क्रिकेट संघका अध्यक्ष दुर्गाबहादुर थापाले पूर्वाधारको विकाससँगै प्रतियोगिताहरु सञ्चालन गरेर खेलाडीहरु उत्पादनमा ध्यानदिनुपर्ने बताउनुभयो । प्रदेशस्तरीय क्रिकेट विकासका लागि दाङ जिल्लाले महत्वपूर्ण भूमिका खेल्दै आएको भन्दै आगामी दिनमा राष्ट्रिय तथा अन्तराष्ट्रिय प्रतियोगिताहरु खेल्ने खेलाडी उत्पादनमा ध्यानदिनुपर्ने थापाको सुझाव रहेको थियो ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्