रोल्पाबाट घोराही आउँदै गरेको बस दुर्घटना – Kanika Khabar
Monday, February 16Nepali News Portal

रोल्पाबाट घोराही आउँदै गरेको बस दुर्घटना

    मा प्रकाशित

दाङ, २३ साउन ।

रोल्पामा यात्रबाहक बस दुर्घटनामा परेको छ । सहिदमार्गअन्तर्गत रोल्पा बागमाराबाट दाङ घोराहीतर्फ आउँदै गरेको ना ५ ख २६१२ नम्बरको बस परिवर्तन गाउँपालिकाको बाघमाराबाट आउँदै गरेको बस त्रिवेणी गाउँपालिका वडा नं. ७ ऋचि भन्ने ठाउँका घुम्तीमा दुर्घटनामा परेको हो ।
बस सडकबाट करिव १०० मिटर तल खसेको प्रमुख जिल्ला अधिकार परमानन्द घिमिरेले जानकारी दिनुभएको छ । उहाँका अनुसार दुर्घटनामा मृत्यु भएको भन्ने खवर भएपनि कति भन्ने अझै नखुलेको बताउनुभयो ।

बस ऋचिको घुम्तीबाट सिधै तल खसेको थियो ।उहाँका अनुसार दुर्घटनामा परेकाहरुको उद्धार गरेर अहिले अस्पताल लग्ने काम भैरहेको छ । उद्धारको कार्यमा नेपाली प्रहरी, सशस्त्र प्रहरीलगायत स्थानीयहरु खटिएका छन् ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्