लुम्विनी प्रदेश सभाको सचिवमा पुनः दुर्लभ कुमार पुन नियुक्त – Kanika Khabar
Tuesday, February 17Nepali News Portal

लुम्विनी प्रदेश सभाको सचिवमा पुनः दुर्लभ कुमार पुन नियुक्त

    मा प्रकाशित

दाङ, २८ साउन ।
लुम्विनी प्रदेश सभाको सचिवमा पुनः दुर्लभ कुमार पुन नियुक्त भएका छन । सभामुख तुलाराम घर्ती मगरको सिफारिसमा प्रदेश प्रमुख अमिक शेरचनले पुनलाई नियुक्त गरेका हुन ।

नेपालको संविधानको धारा १९५ वमोजिम प्रदेश प्रमुख शेरचनले पुनलाई नियुक्ति गरेका हुन । यस अघि पुनले ५ वर्ष प्रदेश सभा सचिवालयको जिम्मेवारी सम्हाली सकेका छन ।

सुदुर पश्चिम प्रदेशको कैलालीमा जन्मीएका पुन माओवादी जनयुद्धमा ५ वर्ष भूमिगत भई १७ वर्ष राजनीतिकमा सक्रिय थिए ।

४८ वर्षिय पुन नेपाल ल क्याम्पसबाट कानुन विषयमा स्नातकोत्तर राजनीतिशास्त्रमा पनि स्नातकोत्तर उर्तिण गरेका छन ।

उनी ६ वर्ष कानुन व्यवसायमा संलग्न रहेका पुनसंग पत्रकारिताको पनि अनुभव छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्