दाङ, २८ साउन ।
दाङमा पत्रे खोलामा बगेर बेपत्ता भएका एक पुरूष मृत्त फेला परेका छन् । जिल्लाकाे घोराही उपमहानगरपालिका–११ झमरे निवासी ६४ वर्षका तिलक राम बिक मृत भेटिएको प्रहरीले बताएको छ ।
शौच गर्न गएका बिक बिहान साढे आठ बजे पत्रे खोलामा बगेर बेपत्ता भएका थिए ।
खबर पाएलगत्तै खोजतलासमा जुटेको प्रहरीले दिउसो २ः३५ बजे घोराही उपमहानगरपालिका–९ हापुर खोलाको किनारमा मृत अवस्थामा फेला पारेको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता राजन गौमले जानकारी दिए ।
बिकको खोजी कार्यका लागि जिल्ला प्रहरी कार्यालयकी प्रहरी निरीक्षक मिरा खडकाको कमान्डमा बिजौरी, बेलझुण्डी र मलवारबाट प्रहरी परिचालन गरिएको थियो । बिक झण्डै ९ किलाे मिटर टाढा मृत्त फेला परेका हुन् ।


