आन्तरिक विशेष अभियानमा काङ्ग्रेस – Kanika Khabar
Monday, February 16Nepali News Portal

आन्तरिक विशेष अभियानमा काङ्ग्रेस

    मा प्रकाशित

No description available.दाङ, २८ साउन ।
नेपाली काङ्ग्रेसले पार्टी सुदृढीकरणका लागि आन्तरिक विशेष अभियान थालेको छ । काङ्ग्रेस केन्द्रको कार्यक्रम अन्तर्गत काङ्ग्रेसका क्षेत्र, जिल्ला तथा प्रदेश तहले पनि आन्तरिक विशेष अभियान थालेका हुन् ।

आज आइतबार दाङको घोराहीमा नेपाली काङ्ग्रेस क्षेत्र नम्बर २(१) ले एक कार्यक्रमको आयोजना गरी आन्तरिक विशेष अभियान थालेको छ । कार्यक्रममा बोल्ने वक्ताहरुले पार्टीलाई सिद्धान्तर नीति अनुरुप अगाडि बढाउन निर्देशन गरेका थिए । कार्यक्रममा वक्ताहरुले नेता तथा कार्यकर्तालाई आफ्नो पदीय जिम्मेवारी र इमान्दारीपूर्ववक निर्वाह गर्न निर्देशन दिएका थिए । पार्टी सुदृढीकरणका लागि विगतका कमी कमजोरीलाई औल्याउँदै सकारात्मक सोचका साथ अगाडि बढ्न आवश्यक रहेको वक्ताहरुले जोड दिए । टोल, वडादेखि नै पार्टीभित्रका आन्तरिक मतभेदलाई पखालेर केन्द्रसम्म पार्टीलाई एक ढिक्का बनाउन काङ्ग्रेसका नेता तथा कार्यकर्ता तल्लीन रहनुपर्नेमा वक्ताहरुले जोड दिए ।

नेपाली काङ्ग्रेस दाङ क्षेत्र नम्बर २(१) का उपसभापति तिलकबहादुर भण्डारीको अध्यक्षता तथा काङ्ग्रेस लुम्बिनी प्रदेशका सहमहान्त्री खगराज पाण्डेको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा विशिष्ट अतिथि तथा नेपाली काङ्ग्रेस लुम्बिनी प्रदेश सदस्य पुष्पा श्रेष्ठ, सन्दिप राना, दाङ काङ्ग्रेस पूर्व जिल्ला सभापति मोहनलाल वली, महासमिति सदस्य भूपबहादुर डाँगी, कमल किशोर घिमिरे, बिमला योगी, जिल्ला उपसभापति गिरीराज सुबेदी, कमानसिंह भारती, दाङ क्षेत्र नम्बर २ का क्षेत्रीय सभापति भीमप्रकाश खड्का, महाधिवेशन प्रतिनिधि बद्री खड्का, रावित्रा राना, किरण किशोर घिमिरे, महिला संघ अध्यक्ष गोमा रावत, जिल्ला सदस्य वीरबहादुर खत्री, सन्तोष योगी, केशरा पोख्रेल, काङ्ग्रेस बंगलाचुली गाउँपालिका उपाध्यक्ष भक्त जिसी लगायतले बिचार राखेका थिए ।

नेपाली काङ्ग्रेस दाङ क्षेत्र नम्बर २(१) का सहसचिव भुवन चौधरीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा प्रदेश सदस्य सरस्वता गौतमले धन्यवाद ज्ञापन गरेकी थिइन् भने सचिव माया पोख्रेलले सहजीकरण गरेकी थिइन् ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्