दाङ, २८ साउन ।
नेपाली काङ्ग्रेसले पार्टी सुदृढीकरणका लागि आन्तरिक विशेष अभियान थालेको छ । काङ्ग्रेस केन्द्रको कार्यक्रम अन्तर्गत काङ्ग्रेसका क्षेत्र, जिल्ला तथा प्रदेश तहले पनि आन्तरिक विशेष अभियान थालेका हुन् ।
आज आइतबार दाङको नारायणपुरमा नेपाली काङ्ग्रेस क्षेत्र नम्बर २(२) ले एक कार्यक्रमको आयोजना गरी आन्तरिक विशेष अभियान थालेको छ । कार्यक्रममा बोल्ने वक्ताहरुले पार्टीलाई सिद्धान्तर नीति अनुरुप अगाडि बढाउन निर्देशन गरेका थिए । कार्यक्रममा वक्ताहरुले नेता तथा कार्यकर्तालाई आफ्नो पदीय जिम्मेवारी र इमान्दारीपूर्ववक निर्वाह गर्न निर्देशन दिएका थिए । पार्टी सुदृढीकरणका लागि विगतका कमी कमजोरीलाई औल्याउँदै सकारात्मक सोचका साथ अगाडि बढ्न आवश्यक रहेको वक्ताहरुले जोड दिए । टोल, वडादेखि नै पार्टीभित्रका आन्तरिक मतभेदलाई पखालेर केन्द्रसम्म पार्टीलाई एक ढिक्का बनाउन काङ्ग्रेसका नेता तथा कार्यकर्ता तल्लीन रहनुपर्नेमा वक्ताहरुले जोड दिए ।
नेपाली काङ्ग्रेस दाङ क्षेत्र नम्बर २(२) का सभापति अभियान बस्नेतको अध्यक्षता तथा काङ्ग्रेस लुम्बिनी प्रदेशका सहमहान्त्री खगराज पाण्डेको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा विशिष्ट अतिथि तथा नेपाली काङ्ग्रेस लुम्बिनी प्रदेश सदस्य सन्दिप राना, काङ्ग्रेस लुम्बिनी प्रदेश सदस्य जानुका केसी, दाङ महासमिति सदस्य पृथ्वी चौधरी, जिल्ला सचिव बालिका लम्साल, दाङ क्षेत्र नम्बर २ का क्षेत्रीय सभापति भीमप्रकाश खड्का, क्षेत्रीय सचिवहिममबहादुर डाँगी, महाधिवेशन सदस्य दीपक पाण्डे, महिला संघ अध्यक्ष गोमा रावत, वडासभापतिहरु देबबहादुर वली, महेन्द्र दाहाल, कुलप्रसाद रजौरे, किसान नेता चन्द्रप्रसाद चौधरी, महिला नेतृ छवी बस्नेत एमसी,
प्रदेश २(२) का कोषाध्यक्ष शंकर नेपाली, बसन्त न्यौपाने लगायतले बोलेका थिए । नेपाली काङ्ग्रेस दाङ क्षेत्र नम्बर २(२) का उपसभापति शरद समीप स्वागत मन्तव्यबाट सुरु भएको सचिव तिलक बहादुर केसीले सहजीकरण गरेका थिए ।


