उपराष्ट्रपति यादव आज छिमेकी मुलुक चीनको भ्रमण जाँदै – Kanika Khabar
Monday, February 16Nepali News Portal

उपराष्ट्रपति यादव आज छिमेकी मुलुक चीनको भ्रमण जाँदै

    मा प्रकाशित

काठमाडौँ, २९ साउन ।
उपराष्ट्रपति रामसहायप्रसाद यादव आज छिमेकी मुलुक चीनको भ्रमणमा जाने भएका छन् । उनी आज अपराह्न साढे ४ बजे त्यसतर्फ प्रस्थान गर्ने भएका छन् ।

उपराष्ट्रपतिमा निर्वाचित भएपछि पहिलो पटक विदेश यात्रामा निस्कन लागेका यादवले जनवादी गणतन्त्र चीनको साताव्यापी भ्रमण गर्नेछन् ।

चीनको कुनमिङ्गमा आयोजना हुने ‘सातौँ चीन दक्षिण एशिया प्रदर्शनी’ तथा ‘२७ औँ चीन कुनमिङ्ग आयातनिर्यात मेला’मा विशेष अतिथिको रुपमा उनी चीन भ्रमणमा जान लागेका हुन् ।

परराष्ट्र मन्त्रालयका अनुसार उपराष्ट्रपति यादव आगामी साउन ३१ गतेदेखि भदौ ३ गतेसम्म सञ्चालन हुने उक्त मेलामा सहभागी हुनेछन् ।

 

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्