दाङको गुरुकुलमा जिल्ला स्तरीय चित्रकला प्रतियोगिता हुने – Kanika Khabar
Monday, February 16Nepali News Portal

दाङको गुरुकुलमा जिल्ला स्तरीय चित्रकला प्रतियोगिता हुने

    मा प्रकाशित

घोराही २९ साउन ।
दाङको गुरुकुलमा जिल्ला स्तरीय चित्रकला प्रतियोगिता हुने भएको छ ।
दाङको घोराहीमा अवस्थित गुरुकुल एकेडेमीको आयोजनामा उक्त चित्रकला प्रतियोगिता हुन लागेको हो। विद्यार्थीहरूमा शिक्षा मात्र नभई अन्य क्रियाकलापको सर्वाङ्गीण विकासको लागि यो चित्रकला प्रतियोगिता गर्न लागिएको हो ।

प्रतियोगितामा दाङ जिल्ला भित्रका सम्पूर्ण सामुदायिक र संस्थागत विद्यालयले भाग लिन पाउने छन् । प्रत्येक विद्यालयलबाट कक्षा ६ देखि ८ सम्म १ जना र कक्षा ९ देखि १२ सम्म १ जना सहभागी हुन पाउनेछन्।इच्छुक विद्यालयले सहभागी हुनको लागि यही साउन २८ गतेदेखि ३२ गते साँझ ५ बजे सम्म गुरुकुल एकेडेमीको जिमेल , ह्वाट्सएप र पत्र पठाएर नाम दर्ता गर्न मिल्नेछ ।

प्रतियोगितामा पेपर आयोजक विद्यालय गुरुकुल एकेडेमीले ब्यबस्था गर्ने छ भने अन्य सामग्री प्रतिस्पर्धीले स्वयम् ले लिएर आउनुपर्ने छ ।प्रतियोगितामा भाग लिने प्रतिस्पर्धीहरु आफ्नो विद्यालयको प्रतिनिधि सहित आफ्नो परिचय पत्रका साथमा प्रतियोगिता हलमा दिउँसो १२ बजे सम्म आइपुग्नु पर्ने छ । चित्र शान्तिसँस सम्बन्धित हुनुपर्ने छ । प्रतियोगितामा उत्कृष्ट हुने ३ जनालाई पहिलो ,दोस्रो र तेस्रो ट्रफी, मेडल र प्रमाण पत्रले सम्मान गरीने प्रतियोगिताका संयोजक विशालमान श्रेष्ठले जानकारी दिए ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्