राप्ती समाज यूकेद्वारा पूर्व सांसद शिला खड्का तथा प्रदेश सभासद अनुराग खड्का सम्मानित – Kanika Khabar
Wednesday, February 18Nepali News Portal

राप्ती समाज यूकेद्वारा पूर्व सांसद शिला खड्का तथा प्रदेश सभासद अनुराग खड्का सम्मानित

    मा प्रकाशित

लन्डन । राप्ती समाज यूकेले बेलायत भ्रमणका रहेका नेपालका सांसदहरुलाई सम्मान गरेको छ ।

मंगलबार केन्टस्थित फोक्सटोन नेपाली समाज भवनमा आयोजित कार्यक्रममा पूर्वसांसद शिला खड्का र लुम्बिनी प्रदेशका प्रदेश सभा सदस्य अनुराग खड्कालाई सम्मान गरिएको हो ।

कार्यक्रममा समाजका अध्यक्ष दिनेश खड्काले अतिथिहरुलाई स्वागत गर्दै राप्ती समाज यूकेको इतिहासबारे प्रकाश पारेका थिए । उनले आफ्नो संस्थाले नेपालको राप्ती अञ्चलका विभिन्न स्थानमा पु-याएको योगदानको पनि चर्चा गरे। पूर्व सांसद श्रीमरी शिला शर्मा खड्का र अनुराग खड्कालाई स्वागत र अभिनन्दन गर्न पाउनु समाजका लाागि ठूलो अवसर भएको उनले बताए । उनले पूर्वसांसद शिला खड्कालाई खादा लगाएर स्वागत गर्नुका साथै उपहार स्वरुप समाजको लोगो अंकित ‘मग’ उपहार दिएका थिए । समाजका सल्लाहकार एवं ट्रष्टी हिक्मतसिंह रोकाले सांसद खड्कालाई सम्मान पत्र प्रदान गरे ।

उक्त कार्यक्रममा खामभाषी मगर यूकेका अध्यक्ष लिला पुनले दुवै अतिथिहरुलाई खादा लगाएर स्वागत गरेका थिए ।

समाजका सल्लाहकार चन्द्र शाहीले समय निकालेर समाजसंग भेटघाट गरेकोमा दुवै अतिथिलाई धन्यवाद दिए ।

फोक्सटोन नेपाली समाजका अध्यक्ष झपिन्द्र थापाले पूर्वसांसद खड्का र लुम्बिनी प्रदेशका सांसद अनुराग खड्कालाई खादा र फूल प्रदान गरे ।

मन्तव्यका क्रममा पूर्व सांसद श्रीमति खड्काले राप्ती समाजले बेलायत, राप्ती अञ्चल र नेपालमा गरेको कामको प्रशंसा गरिन् । उनले समाजका सदस्यहरूले निस्वार्थ रूपमा राष्ट्रलाई सहयोग गरिरहेको पनि प्रकाश पारिन् ।

सांसद खड्काले राप्ती समाजको कामको प्रशंसा गरे । उनले मातृभूमिबाट टाढा रहेका राप्ती समाजका सदस्यहरूले यहाँ बेलायतमा बलियो समुदाय निर्माण गर्न र मातृभूमिलाई निःस्वार्थ रुपमा सहयोग गर्न काम गरिरहेको बताए ।
उक्त कार्यक्रमको संयोजन समाजका उपाध्यक्ष झपिन्द्र थापा र सचिव गुञ्ज शाहले गरेका थिए भने सञ्चालन उपसचिव लिला पुनले गरेका थिए ।

अन्तमा अध्यक्ष खड्काले उपस्थित सबैलाई धन्यवाद दिए । उनले कार्यक्रम गर्न हल उपलब्ध गराउने झपिन्द्र थापालाई विशेष धन्यवाद दिएका थिए ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्