दाङको बंगलाचुली गाउँपालिकामा जंगली च्याउ खाएर विरामी परेका एकै घरका दुई जनाको मृत्यु – Kanika Khabar
Monday, February 16Nepali News Portal

दाङको बंगलाचुली गाउँपालिकामा जंगली च्याउ खाएर विरामी परेका एकै घरका दुई जनाको मृत्यु

    मा प्रकाशित

दाङ, १ भदाै ।

दाङको बंगलाचुली गाउँपालिकामा जंगली च्याउ खाएर विरामी परेका एकै घरका दुईजनाको ज्यान गएको छ  भने अर्का एकजना गम्भिर विरामी भएका छन् ।

साउन २९ गते साँझ बंगलाचुली ४ भित्ताला जंगलबाट खोजेर ल्याएको जंगली च्याउ खाएर विरामी परेका तिन जना मध्य दुईजना एकै घरका आमाछोरीको ज्यान गएको हो ।

जंगली च्याउ खाएर गम्भिर विरामी परेकी बंगलाचुली ४ मैकुटीमा वस्दै आएकी २७ वर्षिया ईश्वरी सुनारको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा आज मृत्यु भएको हो ।

यस अघि उनकि ११ वर्षकी छोरी अस्मिता सुनारको साउन ३१ गते ज्यान गईसकेको छ । त्यस्तै मृतक ईश्वरी सुनारका श्रीमान अजय सुनारको पनि स्वास्थ्य अवस्था गम्भिर रहेको छ । उनको अहिले राप्ति स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचार भईरहेको छ । मृतक ईश्वरी सुनारको एक वर्ष नपुगेका एक छाेरा ,आठ वर्ष र चार वर्षकी दुई छोरी रहेका छन् ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्