काठमाडौं, ३ भदाै ।
काठमाडाैंको ढुङ्गेधारामा बसले माेटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा परी एक बालिका घाइते भएकी छिन् ।
बालाजुबाट कलङ्कीका जान थालेको ना ५ ख ५०९२ नम्बरको बसले प्रदेश ०२–०३७प ०७५५ नम्बरको मोटरसाइकललाई ढुङ्गेधारामा ठक्कर दिँदा सिन्धुपाल्चोक साँगाचोकगढीकी ३२ वर्षीया अनिता थापा र ठेगाना नखुलेका ३२ वर्षीय रामकुमार भारतीकाे ज्यान गएकाे हाे । दुर्घटनामा परेर नौ वर्षीय बालिका अनिशा थापा घाइते भएकी छन् ।
बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान गरिरहेको ढुङ्गेलले बताउनुभयो ।


