काठमाडौं, ४ भदाै ।
संसद गतिरोध अन्त्यका लागि सहमति कायम गर्नका लागि आज पनि सर्वदलीय बैठक बोलाइएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको आह्वानमा हिजो बसेको बैठकमा सहमति जुट्न नसकेपछि आज पनि बैठक बोलाइएको हो । बैठक अपराह्न ४ बजे बस्नेछ ।
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन समिति बनाउनु पर्ने माग गर्दै निरन्तर संसद अवरोध गरिरहेको छ ।
तर, सरकारले नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले छानबिन गरेर टुंग्याउने भन्दै प्रतिपक्षी दलको माग तत्काल पूरा गर्न नसकिने जनाउँदै आएको छ ।


