मा प्रकाशित
सल्यान, ४ भदाै ।
सल्यानमा गाडी दुर्घटनामा परेको छ । रुकुमको नुवाकोटबाट नेपालगन्ज तर्फ जादैँ गरेको लु २ ख ५७३१ नम्बरको फोर्स गाडी आज सोमबार दिउँसो कपुरकोट गाउँपालिका ३ मा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जानकारी दिएको छ ।
गाडीमा भएका सबै यात्रु घाइते भएको र अहिले उद्धार कार्य जारी रहेको प्रहरीले जनाएको छ ।
गाडी सडकदेखि करिब २ सय मिटर तल खसेकाले पनी मानविय क्षेती भएको अनुमान गरिएको छ ।
घटनाका बारेमा थप विवरण आउन बाँकी रहेको प्रहरीको भनाई छ ।


