घोराही । नेपाल प्रेस युनियन दाङको निर्णय अनुसार दाङ क्षेत्र नम्बर १ को क्षेत्रीय समिती आइतबार गठन गरिएको छ ।
नेपाल प्रेस युनियन दाङका उपाध्यक्ष किरण बिक्रम शाहको संयोजकत्वमा ११ सदस्यीय समिती गठन गरिएको छ ।
जस्को सह संयोजक टेकबहादुर पुन , सचीवमा प्रीया स्मृती गजमेर, कोषाध्यक्षमा कौशल अधिकारी र सदस्यहरुमा मेगमान बुढा , ओमप्रकाश बसेल, सपना पौडेल , लालमणी भुसाल , अरुण पौडेल , कृष्ण यादव र सरद सागर देबकोटा रहेका छन् ।

नेपाल प्रेस युनियन दाङका उपाध्यक्ष किरण बिक्रम शाहको अध्यक्षता तथा नेपाल प्रेस युनियनका केन्द्रिय सदस्य देवेन्द्र बस्नेतको प्रमुख अतिथित्यामा दाङ क्षेत्र नम्बर १ मा रहेका युनियनमा आवद्ध पत्रकारहरुको भेलाले उक्त समिती गठन गरिको हो ।


