घोराही, ५ भदौ ।
प्रजातान्त्रिक उद्यमी संघ घोराहीले आसन्न दाङ जिल्ला उद्योग वाणिज्य संघको चुनावलाई मध्यनजर गर्दै व्यापारिक भेलाको गर्ने भएको छ । संघले यही भाद्र ९ गते शनिबार दिन घोराहीमा रहेको राप्ती सुपर लजमा ११ बजेदेखि सो भेला गर्ने भएको हो ।
प्रजातान्त्रिक उद्यमी संघ घोराहीका अध्यक्ष कालिबहादुर खत्रीको अध्यक्षतामा आज बसको कार्यसमितिको बैठकले भेलाको आयोजना गर्ने निर्णय गरेको संघका महासचिव श्रीधर धितालले जानकारी दिए ।

आसन्न दाङ जिल्ला उद्योग वाणिज्य संघको चुनावमा आकांक्षीको नामावली संकलन उम्मेदवारीको छनोट प्रक्रिया लगायत विषयमा छलफल हुने र निर्यण गरिने समेत महासचिव धितालले जानकारी दिए ।
भेलामा सम्पूर्ण व्यवसायी सहभागी हुन अनुरोध गर्दै आसन्न दाङ जिल्ला उद्योग वाणिज्य संघको चुनावमा आकांक्षीका नामावली संकलन भएकालाई मात्र यस प्रजातान्त्रिक उद्यमी संघका उम्मेदवार हुने भएको हुँदा सम्पूर्ण आकांक्षीलाई उपस्थितिका लागि संघका अध्यक्ष खत्रीले आह्वान गरेका छन् ।


