‘आधा जीवन आधा मृत्यु’ सार्वजनिक – Kanika Khabar
Wednesday, February 18Nepali News Portal

‘आधा जीवन आधा मृत्यु’ सार्वजनिक

    मा प्रकाशित

घोराही, ५ भदौ।
दङाली मोडेल सुनिल गौतमको अभिनयमा गायिका अन्जना गुरुङको आवाजमा रहेको ‘आधा जीवन आधा मृत्युु ’ बोलको गीत बजारमा आएको छ ।

उनै मोडेल सुनिल गौतमको आफ्नै युटुब च्यानल मार्फत गीतलाई बजारमा ल्याएको हो । दर्शक एवम् श्रोताहरुले गीतलाई मन पराउनेमा आफु विश्वस्त रहेको मोडेल गौतमले बताए ।

सुमित्रा सहाराको गीतमा प्रकाशप्रिय कुशुम्याको संगितमा रहेको उक्त गीतलाई अभिषेक मल्लले मिक्सिङ गरेका हुन् ।

सुनिल गौतमको युटुब च्यानलबाट सार्वजनिक गरिएको यस गीतको अडियो र भिडियो दुवै पक्ष बलियो भएको कारण गितले सार्बजनिक भएको २ दिनमै निकै राम्रो चर्चा बटुलेको छ ।

अभिषेक मल्लको कोरियोग्राफी तथा निर्देशन रहेको गीतमा महेश कुशुम्या छायांकन गरेका छन । भिडियोमा सुनिल गौतम , प्रियंका मगर, समिक्षा गिर, सविन प्रियासन र डा. लोकराज पराजुली लगायतको अभिनय रहेको छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्