ललिता निवास प्रकरण : सिआइबीले बुझायाे प्रतिवेदन – Kanika Khabar
Monday, February 16Nepali News Portal

ललिता निवास प्रकरण : सिआइबीले बुझायाे प्रतिवेदन

    मा प्रकाशित

काठमाडौं, ५ भदाै ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले बहुचर्चित ललिता निवासको सरकारीे जग्गा हिनामिना प्रकरणसम्बन्धी प्रतिवेदन बुझाएको छ । सिआइबीले आज मङ्गलवार जिल्ला सरकारी वकिल कार्यालय काठमाडाैँलाई बुझाएको हाे ।

सिआइबीले ललिता निवास जग्गा प्रकरणमा संलग्न भनिएकाहरूसँग अस्ति आइतवार राति पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल र डा. बाबुराम भट्टराईको बयान लिएको थियो ।

त्यस्तै हिजाे सोमवार नेपाली कांग्रेसका नेता तथा पूर्व उपप्रधानमन्त्री विजयकुमार गच्छदार, पूर्वमन्त्री चन्द्रदेव जोशी, पूर्वराज्यमन्त्री सञ्जय साह (टक्ला) लगायतको बयान लिएको थियो ।

बालुवाटारकाे ललिता निवास जग्गा व्यक्तिको नाममा गरी हिनामिना भएको विषय अहिले विशेष अदालतमा विचाराधीन छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्