दाङ, ६ भदौ ।
भारतले चन्द्रमामा यान पुर्याएर इतिहास रचेको छ । आज भारतले चन्द्रमामा चन्द्रयान — ३ लाई सफल अवतरण गराएसँगै चन्द्रमा यान पुर्याउने चौथो मुलुक बनेको छ।
आज बुधबार साँझ भारतले पठाएको चन्द्रयान —३ को रोभर चन्द्रमाको दक्षिणी ध्रुवमा सफल अवतरण भएको हो।
नेपाली समयअनुसार साँझ ६ बजेर १९ मिनेटमा चन्द्रयानबाट ल्यान्डर चन्द्रमाको सतहमा पुगेको इन्डियन स्पेस रिसर्च अर्गनाइजेसन (इसरो) ले जनाएको छ।
यसअघि अमेरिका, तत्कालीन सोभियत संघ र चीनले सफलतापूर्वक चन्द्रमाको सतहमा यान प्रक्षेपण गरेका छन् । चन्द्रमाको दक्षिण ध्रुवमा अवतरण गर्ने योजनाका साथ उडेको रुसको लुना–२५ यान गत आइतबार चन्द्रमामा दुर्घटनाग्रस्त भएको थियो ।
भिडियो स्रोत इसरो


