तुलसीपुर नगर स्तरीय कराते संघको अध्यक्षमा : केसी – Kanika Khabar
Saturday, September 30Nepali News Portal

तुलसीपुर नगर स्तरीय कराते संघको अध्यक्षमा : केसी

    मा प्रकाशित

लक्ष्मण बस्नेत
७ भदौ तुलसीपुर ।
तुलसीपुर नगर स्तरीय सियोरियो कराते संघको अध्यक्षमा देउचन केसी चयन भएका छन ।
नेपाल सितोरियो कराते तुलसीपुर नगर स्तरका सिनियर खेलाडीहरुको आज तुलसीपुरमा सम्पन्न भेलाले देउचन केसी अध्यक्ष रहेको सात सदस्य नगर स्तरीय सितोरियो कराते संघ गठन गरिएको हो । जसको उपाध्यक्षमा सुरेश नेपाली, सचिव दिनेश केसी,कोषाध्यक्ष पुष्पा नेपाली, रहेका छन् । त्यसैगरी संघको सदस्यमा प्रदिप चौधरी,समृद्धि ती खत्री र साहिल चौधरी रहेको संघका सचिव दिनेश केसीले जानकारी दिएका छन् ।
भेला नेपाल सितोरियो कराते लुम्बिनी प्रदेश प्रमुख प्रशिक्षक बलराज नेपालीको अध्यक्षता तथा लुम्बिनी प्रदेश कराते महासंघका अध्यक्ष पदम बहादुर बस्नेतको प्रमुख आतिथ्य एवं दाङ जिल्ला खेलकुद बिकास समितिका कार्यालय प्रमुख शान्ति सोमैको रोहवरमा भएको थियो ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्