क्याम्पसका छात्राहरुलाई “आत्मरक्षा प्रशिक्षण” – Kanika Khabar
Tuesday, February 17Nepali News Portal

क्याम्पसका छात्राहरुलाई “आत्मरक्षा प्रशिक्षण”

    मा प्रकाशित

दाङ,९ भदौ ।

स्वतन्त्र विद्यार्थी युनियन महेन्द्र बहुमुखी क्याम्पस दाङले क्याम्पसमा अध्ययनरत छात्राहरुका लागि आत्मरक्षा सम्बन्धि प्रशिक्षण कार्यक्रम आयोजना गरेको छ ।

यो प्रशिक्षण शुक्रवारदेखि आइतवारसम्म  चल्ने छ । स्वतन्त्र विद्यार्थी युनियन महेन्द्र बहुमुखी क्याम्पसकाका अध्यक्ष मनोज डिसीको अध्यक्षता तथा घोराही उपमहानगरपालिका वडा नम्बर १५ का वडा अध्यक्ष रमेश कुमार पाण्डेको प्रमुख आतिथ्य एवं क्याम्पस प्रमुख भरतराज न्यौपानेको बिशिस्ट आतिथ्यमा कार्यक्रमको उद्घाटन गरिएको थियो ।

प्रशिक्षणमा छात्राहरुले कसरी आफ्नो आत्मरक्षा गर्ने भन्ने बिषयमा प्रशिक्षण दिइएको छ । कार्यक्रमको मुख्य प्रशिक्षकमा दाङ जिल्ला तेक्वान्दो संघका अध्यक्ष भिमबहादुर थापा छन भने अन्य ८ प्रशिक्षकहरु छन ।

स्ववियु अध्यक्ष डिसीका अनुसार कार्यक्रममा १ सय बढि छात्राहरुलाइ आत्मरक्षा सम्बन्धी प्रशिक्षण दिइनेछ । शुक्रवार आयोजित उद्घाटन कार्यक्रमको सहजीकरण स्ववियु सचिव वसन्तप्रसाद भण्डारीले गरेका थिए ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्