घोराही,१० भदौ ।
दाङमा चोरी मुद्धामा फरार रहेका दुई जना प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले घोेराही उपमहानगरपालिका वडा नम्बर ४ गोग्ली निवासी ३१ बर्षीय बुद्धिराम चौधरी र ३३ बर्षीय निमबहादुर चौधरीलाई पक्राउ गरेको हो ।
प्रहरीले दुवै जनालाई घोराही उपमहानगरपालिका वडा नम्वर १५ स्थीत दाङ जिल्ला अदालतको अघि तिरको सडकमा हिडिरहेको अवस्थामा आइतबार विहान पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायव उपरिक्षक राजनकुमार गौतमले जानकारी दिएका छन् ।
उनका अनुसार दुवै जनालाई चोरी मुद्धामा दाङ जिल्ला अदालतले २०७९ साल भदौ १२ गते जनही ३÷३ महिना कैद सजायसँगै ३÷३ हजार रुपैया नगद जरिवाना फैसला गरेको थियो । पक्राउ परेका दुवै जनालाई प्रहरीले अदालत बुझाएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायव उपरिक्षक गौतमले जानकारी दिएका छन् ।


