मा प्रकाशित
परिवर्तन
किन पठायौ आमा
मलाई सहर पढाउन
म एक, एक पल
तिम्रो यादमा डुबिरहेको छु।
तिम्रो सोच पनि
सकारात्मक छ होला ,
छोरीको असल शिक्षा
सफल जीवन ।
इच्छा आकांक्षा पनि ठुलै होला
है आमा मलाई असल भएको देख्ने
तर तिमीले सोचेको जस्तो
हुन सकुला नसकुला आमा ।
प्रायस त गरेकै छु हजारौं पटक
हारेर पनि उठेकै छु
तर आमा म अझै
हार खाएको छैन किन भने
तिमीले देखेको सपना पूरा जो गर्नु छ।
ढुक्क हौ आमा
अब म निरास छैन
यहाँको रहन, सहन , बानी
व्यवहारले मलाई मनग्गे ज्ञान
सिकाईसकेको छ आमा ।