दाङ, १२ भदाै ।
नेपाली काङ्ग्रेस दाङ प्रदेश २(ख) ले धरानमा
केही व्यक्तिहरुबाट नेपालको संविधान विपरीत नेपाली र नेपालको नै इज्जतमा धावा बोल्दै नेपालको राष्ट्रिय जनावर गाईलाई हत्या गरिएकाे प्रति ध्यानाकर्षण भएकाे जनाएको छ ।
नेपालजस्तो बहुल जाति भाषा धर्म, संस्कृतिमा नै आँच आउने नेपाली – नेपाली जनता बिचको धार्मिक सहिष्णुतामाथि खेलवाड गर्दै धरानमा केही व्यक्तिबाट गौहत्या गरेकाेमा ध्यानाकर्षण भएकाे एक प्रेस विज्ञप्ति जारी गरिएकाे जनाएकाे छ ।
सभापति अभियान बस्नेत र सचिव तिलक केसीले संयुक्त हस्ताक्षरमा जारी गरिएकाे एक प्रेस विज्ञप्तिमा नेपाको संविधान विधि विधानमा रही सम्बन्धित व्यक्तिलाई कानुनी दायरामा उभ्याउन आग्रह गरिएकाे छ ।
साथै हिजाे साेमबार प्रदेश २(ख) काे नियमित बैठक बसेकाे छ । प्रदेश सभापति अभियान बस्नेतकाे अध्यक्षता तथा क्षेत्र नम्बर २ का सचिव हिमबहादुर डाँगीकाे प्रमुख आतिथ्यतामा बैठक सम्पन्न भएकाे हाे ।


