पाल्पामा पहिरोले स्कारपियो पुरिदा,३ जनाको मृत्यु ८ जना घाइते – Kanika Khabar
Monday, February 16Nepali News Portal

पाल्पामा पहिरोले स्कारपियो पुरिदा,३ जनाको मृत्यु ८ जना घाइते

    मा प्रकाशित

पाल्पा,१३ भदौ ।

पाल्पाको जोर्तेमा पहिरोले स्कारपियो पुरिदा मृत्यु भएका सबैको सनाखत भएको छ। आज बिहान भएको उक्त घटनामा परि ३ जनाको मृत्यु ८ जना घाइते भएका थिए।

तानसेन तम्घास सहायक राजमार्गको रिव्दिकोट गाउँपालिका वडा नंं २ जोर्तेमा ढुङ्गा सहितको पहिरोले रुरु रेसुङ्गा यातायात प्रा।लि।को लु १ ज ४६०० नम्वरको स्कारपियो गाडी पुरिदा ३ जनाको घटनास्थमै मृत्यु भएको हो।

मृत्यु हुनेमा रेसुङ्गा नगरपालिका वडा नंं ७ की ५० बर्षिया मनाकला चुदारा, जिल्ला प्रहरी कार्यालय गुल्मीमा कार्यरत तानसेन पाल्पाका प्रहरी सहायक हवलदार अन्दाजी बर्ष ३२ का यम बहादुर गोदार र पोखरा महानगरपालिका वडा नंं २५ का विनोद तिम्सीना रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी प्रहरी नायव उपरिक्षक विरेन्द्र थापाले जानकारी दिए।

मृतक तिम्सीनाको पर्समा भेटिएको परिचयपत्रको आधारमा पहिचान गरिएको डिएसी थापाले बताए। ढुङ्गा सहिताको सुख्खा पहिरोले स्कारपियोको पछाडीको भाग क्षत विक्षत भएको छ मृतकहरु समेत पुर्ण रुपमा किचिएका थिए।

तम्घास बाट बुटवलतर्फ जादै गरेको जिप विहान करीव सवा ८ बजेको समयमा पाल्पाको जोर्तेमा पहिरोमा पुरिएको हो। घाइते भएका ८ जनाको लुम्विनी मेडिकल कलेज प्रभासमा उपचार भईरहेको चालक सकुसल रहेको सूचना अधिकारी थापाले बताए।

घाइते मध्ये एक जनाको बाहेक अन्य ७ जनाको अवस्था समान्य रहेको पाल्पा प्रहरीले जनाएको छ। दुर्घटना स्थल पहिरो स्थलमा डिभिजन सडक कार्यालय पाल्पाले राती १० बजेदेखी विहान ४ बजे सम्मसडक बन्द गरी स्तरउन्नती गर्दै आएको थियो ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्