सन्दीपको तिजगीत ‘जोवन ढलढल’ – Kanika Khabar
Saturday, September 30Nepali News Portal

सन्दीपको तिजगीत ‘जोवन ढलढल’

    मा प्रकाशित

लमही, १४ भदौ ।

लोक तथा दोहोरी क्षेत्रमा सधैँ चर्चामा रहने कलाकार हुन्, सन्दीप न्यौपाने । दाङ देउखुरीको उर्वर माटोमा जन्मिएका उनका धेरै गीत छन् । स्वर मात्र होइन शब्द, सङ्गीत र अभिनयमा समेत क्षमता भएका कलाकार न्यौपानेका थुप्रै गीत चर्चाको शिखरमा छन् ।

न्यौपानेले स्वर भरेका थुप्रै गीतमध्ये ‘लालुमै’ गीतले सर्वाधिक चर्चा पाएको थियो । यो गीतले सन्दीपलाई नाम र दाम दुवै दियो । ‘लालुमै’ गीतले सन्दीपलाई युरोपका विभिन्न देशमा समेत जाने अवसर दिलायो । उनी भन्छन्, ‘गीतसङ्गीतमा धेरै मिहिनेत गरियो, त्यसैको फल होला, ‘लालुमै’ले पूरा गर्दियो ।’ करोडौँ भ्युज बटुल्न सफल भएका छन्, उनका गीतहरू । पछिलो समय यता गायक न्यौपानेले स्वर भरेको, अभिनय गरेको तथा शब्द सङ्गीत रहेको सिर्जनाले बजार तताएका छन् ।

हरेक वर्षजस्तै यो वर्ष पनि कलाकार न्यौपानेले ‘जोवन ढलढल’ बोलको तिजगीत लिएर आएका छन् । यो गीतमा गायिका समीक्षा अधिकारीले साथ दिएकी छन् । यो गीतमा श्रीधर अधिकारीको सङ्गीत नेत्र अर्यालको शब्द छ । लमही नगरपालिका–५ स्थित रहेको अजम्मरी सामुदायिक वन भित्र पर्ने जैविक विविधता पार्कमा यो गीतको छायाङ्कन गरिएको हो ।
जेरी भण्डारीको निर्देशन तथा राजेश घिमिरेको छायाङ्कनमा यो गीत निर्माण भएको हो । मोडल उषा उप्रेती र सन्दीप न्यौपानेको अभिनय देख्न सकिन्छ । यो तिजगीतमा सञ्चारकर्मी शिवु खनाल र सुस्मिता कोइरालाले साथ दिएका छन् ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्