घोराही, १५ दाङ
दाङकाे घोराही उपमहानगरपालिका वडा नम्बर १५ रतनपुरमा रहेको गुरुकुल एकेडेमीमा कल्चरल ड्रेस तथा फेसन सो कार्यक्रम सम्पन्न भएको छ । गुरुकुल एकेडेमीको वार्षिक क्यालेन्डर अनुसार उक्त कार्यक्रम गरिएको हो । कल्चरल ड्रेस प्रतियोगितामा कक्षा ३, ४ र ५ का विद्यार्थीहरुले भाग लिएका थिए । उनीहरुले कार्यक्रमको मर्यादामा रहेर भाग लिएका थिए भने विभिन्न उत्कृष्ट बिधामा विद्यार्थीहरुलाई पुरस्कृत गरिएको थियो । जसमा बेस्ट ड्रेसमा सो कक्षा ३ की सो चौधरी बिजेता भएकी थिइन भने बेस्ट वाकमा कक्षा ५ की सनाया गिरी, बेस्ट कन्फिडेन्टमा कक्षा ४ की प्रज्ञा दाहाल , स्टाइलिस किडमा कक्षा ५ की प्राप्ती रोका , क्युटेस्ट किडमा वजस पौडेल र वेस्ट पर्फमेन्समा कक्षा ५ बाट अलिस बिएम बिजेता बनेका थिए ।

कल्चरल ड्रेस प्रतियोगिता कार्यक्रमको निर्णायकमा गुरुकुल एकेडेमी की मन्टेस्वरी संयोजक लोचना पौडेल र इसिए संयोजक विशालमान श्रेष्ठ रहेका थिए । बिद्यालयका प्रधानाध्यापक कृष्णराज डिसीको अध्यक्षतामा भएको कार्यक्रमको संयोजकमा मन्टेस्वरी सह संयोजक मंजरी पुनले गरेकी थिइन् ।


