आईसीसी महिला टी–ट्वान्टी विश्वकप एसिया क्षेत्र छनोट : नेपालकाे तेस्राे जित – Kanika Khabar
Sunday, April 28Nepali News Portal

आईसीसी महिला टी–ट्वान्टी विश्वकप एसिया क्षेत्र छनोट : नेपालकाे तेस्राे जित

    मा प्रकाशित

काठमाडौं, १७ भदाै ।
आईसीसी महिला टी–ट्वान्टी विश्वकप एसिया क्षेत्र छनोट अन्तर्गत नेपालले एकपछि अर्काे सफलता प्राप्त गर्दै गइरहेकाे छ ।
मलेसियाको बांगीमा आज भएको खेलमा भुटानलाई ३ विकेटले हराउँदै नेपालले अपराजित यात्रा कायम राखेको हो । याे नेपालकाे लगातार तेस्राे जित हाे ।

भुटानले दिएको ४० रनको लक्ष्य नेपालले १३ ओभर २ बलमा ७ विकेटको क्षतिमा पूरा गर्‍याे । नेपालकी कप्तान रुविना क्षेत्रीले १२, कविता जोशीले ९ तथा सिता रानामगरले ८ रन बनाए ।

भुटानकी अन्जली घलेले ३ तथा छिरिङ जानगेम्बाले २ विकेट लिइन् । यस्तै, अन्जु गुरुङ र सोनमले एक–एक विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको भुटानले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर ३९ रन बनाएको थियो । भुटानका लागि कप्तान डेचेन वांग्मोले सर्वाधिक २१ रन जोडिन् । अन्य खेलाडीले दोहोरो अंक जोड्न सकेनन् ।

नेपालकी पूजा महतोले ३ तथा कविता कुवँर, खुसी डंगोल र कप्तान रुबिना क्षेत्रीले एक–एक विकेट लिएका थिए ।

प्रतियोगितामा ११ राष्ट्रको सहभागीता रहेको छ । सहभागी ११ देशलाई दुई समूहमा विभाजन गरिएको छ ।

प्रतियोगितामा समूह ए मा नेपाल, बहरान, भुटान, मलेसिया, कतार र यूएई छन् । समूह बी मा चीन, हङकङ, थाईल्यान्ड, कुवेत र म्यानमार छन् ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्