पेप्सीकाेला दुर्घटना अपडेट : २ जनाकाे मृत्यु, १४ जना घाइते – Kanika Khabar
Tuesday, February 17Nepali News Portal

पेप्सीकाेला दुर्घटना अपडेट : २ जनाकाे मृत्यु, १४ जना घाइते

    मा प्रकाशित
तस्बिर : सामाजिक सञ्जाल

काठमाडौं, १७ भदाै ।

आज आइतबार बिहान काठमाडौंको पेप्सीकोलामा भएको दुर्घटनामा परी दुई जनाको मृत्यु भएकाे छ भने १४ जना घाइते भएका छन् ।

बिहान जडीबुटीबाट पेप्सीकोलातर्फ जाँदै गरेको बा ३ ख ४८४८ नम्बरको बसले बाग्मती प्रदेश–०२–०४१ प ४८३८ नम्बरको मोटरसाइकल तथा बाग्मती प्रदेश ०२–०३७ प ५३ ११ नम्बरको स्कुटर र बा ६ च ५३४२ नम्बरको जीपलाई ठक्कर दिएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा मोटरसाइकलका चालक सर्लाहीका अन्दाजी २१ वर्षका राज भट्टराई र स्कुटरको पछाडि बस्ने अन्दाजी २५ वर्षकी उषा थापाको ज्यान गएको हो ।

घाइते १४ जनामध्ये सात जनाको पेप्सिकोलामा रहेको मदरल्यान्डमा उपचार भइरहेको छ भने अरुको विभिन्न अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्