कांग्रेस दाङले कविता प्रतियोगिता गर्ने – Kanika Khabar
Saturday, September 30Nepali News Portal

कांग्रेस दाङले कविता प्रतियोगिता गर्ने

    मा प्रकाशित

दाङ,१७ गते ।

नेपाली कांग्रेस दाङले अन्तर माध्यामिक विद्यालय कविता प्रतियोगिता गर्ने भएको छ । महामानव बिपी कोइरालाको १०९ औं जन्मजयन्तीका अवसर पारेर भदौंको २४ अन्तर माध्यामिक विद्यालय कविता प्रतियोगिता गर्ने भएको नेपाली कांग्रेस दाङले जनाएको छ ।

जिल्लाका माध्यमिक तहका विद्यालयहरुबाट एक÷एक जना सहभागी हुनेगरी प्रतियोगिता गर्न थालिएको हो । कविता प्रतियोगिताका विषय समेत छनोट गरिएको छ । प्रतियोगिताका लागि महामानव विपी कोइराला र राष्ट्रियता र प्रजातन्त्र विषयमा सहभागीले कविता लेख्नुपर्ने नेपाली कांग्रेस दाङका जिल्ला सचिव अर्जुनकुमार योगीले जानकारी दिएका छन् ।

प्रतियोगितामा प्रथम हुनेले दश हजार, दोश्रो हुनेले सात हजार र तेश्रो हुनेले पाँच हजार र चौथो हुने सान्तोना स्वरुप तीन हजार रुपैयासहित प्रमाणपत्र प्राप्त गर्नेछन् ।

No description available.

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्