एमाले लुम्बिनी प्रदेशको प्रथम अधिवेशन : पदाधिकारी चयनमा जुटेन सहमति, निर्वाचनका लागि तयार भयाे प्यानल – Kanika Khabar
Wednesday, February 18Nepali News Portal

एमाले लुम्बिनी प्रदेशको प्रथम अधिवेशन : पदाधिकारी चयनमा जुटेन सहमति, निर्वाचनका लागि तयार भयाे प्यानल

    मा प्रकाशित

दाङ, १९ भदाै ।

नेकपा एमाले लुम्बिनी प्रदेशको प्रथम अधिवेशनमा पदाधिकारी चयनमा सहमति जुट्न सकेकाे छैन । पदाधिकारी चयनमा सहमति नजुटेपछि निर्वाचन कार्यतालिका सार्वजनिक गरिएको छ।

अधिवेशनअन्तर्गत अहिले बिहान ८ बजेदेखि नेतृत्व चयनका लागि मतदान हुँदैछ।

सोमबार राति ताेकिएकाे मतदान तालिका फेरिएपछि अहिले बिहान मतदान कार्य शुरू गरिने निर्वाचन समितिका प्रमुख हरिप्रसाद भण्डारीले जानकारी दिएका छन्।

एमाले लुम्बिनी प्रदेशको अधिवेशनमा अध्यक्ष पदका लागि राधाकृष्ण कँडेल र हरि रिजालबीच प्रतिस्पर्धा हुँदैछ।

प्रथम अधिवेशनमै एमाले लुम्बिनीको गुटबन्दी छताछुल्ल हुने गरी गुटगत राजनीति चरम अवस्थामा देखिएको छ। सर्वसम्मत नेतृत्व चयन गर्न एमाले अध्यक्ष केपी शर्मा ओली बुटवल पुगेपनि सफल हुन नसकेपछि आज निर्वाचन हुँदैछ।

एमाले उपाध्यक्ष विष्णु पौडेल प्यानलबाट कँडेल समूह र महासचिव शंकर पाेखरेल प्यानलबाट रिजाल समूह चुनावी मैदानमा उत्रिएकाे छ। पार्टीभित्र पौडेल र पोखरेलबीच प्रतिस्पर्धाजस्तो देखिएको छ।

अधिवेशनमा पाँच पदकाे लागि १४ जनाकाे उम्मेदवारी परेकाे निर्वाचन समितिले जनाएको छ।

उम्मेदवारहरू—

अध्यक्ष– राधाकृष्ण कँडेल, हरि रिजाल

उपाध्यक्ष– भोजप्रसाद श्रेष्ठ, पूजन विश्वकर्मा, विश्वराज बराल, शान्तकुमार वली

सचिव– लक्ष्मण आचार्य (निर्विराेध)

उपसचिव–खुलाः उपेन्द्रलाल कामी, पूर्ण बुढामगर, हिरा एसी, दुर्गाप्रसाद थारु,

उपसचिव–महिलाः बसन्ती अधिकारी, आरती पौडेल, लीला रानामगर

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्