घोराही। दाङको घोराहीमा करिब एक करोड ५० लाखको लगानीमा मझेरी रोधी घर सञ्चालनमा आएको छ । घोराही १५ बिपि चोक क्यापिटल हस्पिटालिटी रहेको भवनबाट सञ्चालनमा आएको मझेरी रोधी घरको सोमबार एक औपचारिक कार्यक्रम गरी उद्घाटन गरिएको हो ।
क्रियटिभ ग्रुपद्वारा उक्त रोधी घर सञ्चालनमा आएको हो । क्रियटिभ ग्रुपका अध्यक्ष महेन्द्र बुढाथोकी अध्यक्षता तथा दाङ जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष टंकसिंह बुढाथोकीको प्रमुख आतिथ्यतामा एक औपचारिक कार्यक्रम गरी उद्घाटन गरिएको हो ।
कार्यक्रममा शुभकामना मन्तव्य राख्दै प्रमुख अतिथि बुढाथोकीले आर्थिक मन्दीका कारण व्यवसायी पलाएन हुने क्रम बढ्दै गएका बेला स्वदेशमै केही गर्नुपर्छ भन्ने सोचका साथ व्यवसाय सञ्चालन गर्नु प्रशंसनिय भएको बताउनुभयो । कार्यक्रममा नेपाल पत्रकार महासंघका उपाध्यक्ष उदय जिएमले शुभकामना दिदै लोक कला र सस्कृतिको बिकासका लागि दोहोरी साझले महत्त्वपूर्ण भूमिका खेल्ने छ र आफ्नो गुणस्तरीयतालाई ध्यानमा राख्दै सरसफाई र खाद्य स्वच्छतामा जोड दिनुपर्ने समेत बताउनुभयो ।
समापन कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष बुढाथोकीले हामीले काठमाडाैँकै अनुभूति हुने गरी व्यवस्थितरूपमा दाेहाेरी साँझ सञ्चालन गरेका छाैं, उहाँले भन्नुभयाे,घोराही लगायत दाङमै रात्रीकालीन व्यापारलाई समेत टेवा पुग्ने बताउनु भयो । हामीले कला , संस्कृति संरक्षण गर्दै अहिले ३० जनालाई रोजगारी समेत दिएको बताए ।
क्रियटिभ ग्रुपका सदस्य प्रेम शर्माको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण क्रियटिभ ग्रुपकै सदस्य राजेन्द्र दाहालले गर्नुभएको थियो ।
रोधी घरमा दिउँसाेको समयमा अरु रेष्टुरेन्टहरूले जस्तै नियमि सेवा उपलब्ध हुने छ भने प्रत्येक दिन बेलुकी ६ बजे देखि पारिवारिक वातावरणमा लाेक संस्कृतिलाई जगेर्ना गर्ने गरी दाेहाेरी साँझ सञ्चालनमा रहने छ ।