घोराही,१९ भदौ ।
कोड फर चेन्ज र अम्बिकेश्वरी क्याम्पसले मेमो हस्ताक्षर गरेका छन । अम्बिकेश्वरी क्याम्पस घोराही दाङले एकेडेमिक पाटनरका रुपमा कोड फर चेन्जसँग सम्झौतामा हस्ताक्षर गरेको हो ।
अम्बिकेश्वरी क्याम्पस लुम्बिनी प्रदेशको एक मात्र आइटी पढाइ हुने कलेज हो भने कोड फर चेन्ज आइटी विद्यार्थीलाई सहयोग गर्ने र आइटी बिद्यार्थीको साझा सस्था हो ।
प्रत्येक बर्ष कोड फर चेन्जले विभिन्न कार्यक्रम गर्दै आएकोे छ । अम्बिकेश्वरी क्याम्पसको तर्फबाट क्याम्पस प्रमुख चन्द्रप्रकाश खनाल र कोड फर चेन्जको तर्फबाट दाङका प्रोजेक्ट लिडर रणबहादुर खड्काले हस्ताक्षर गरेका छन् ।


