अरनिको साधना केन्द्र भुयारथानको उद्घाटन – Kanika Khabar
Wednesday, February 18Nepali News Portal

अरनिको साधना केन्द्र भुयारथानको उद्घाटन

    मा प्रकाशित

लक्ष्मण बस्नेत
तुलसीपुर, २० भदौ।
दाङको तुलसीपुरमा पतञ्जली योग अरनिको साधना भुयारथान केन्द्रको उद्घाटन गरिएको छ । जिल्लाको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ५ को भुयारथानमा आफ्नो शाखाका रुपमा केन्द्रको आज बिधिवत रुपमा उद्घाटन गरिएको हो ।

केन्द्रको उद्घाटन पतञ्जली योग समिती लुम्बिनी प्रदेशका सल्लाहकार तथा दाङका योग पिता देवराज आचार्यले गरेका हुन्। उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रमुख अतिथि आचार्यले योग स्वस्थ जिवनको बलियो आधार भएको बताए । शरीरमा स्वस्थता, शक्ति र आत्मविश्वास बढाउने एक दरिलो माध्यम केवल योग भएकाले यो जीवनको बलियो आधार हो उनले भने ।

योग सबैको पहुँचमा पुग्दैछ,योग साधना गर्ने योग अनुरागी दिब्य आत्माहरुको संख्या पनि दिनप्रतिदिन बढ्दै गएको अवस्थामा अरनिको साधना केन्द्रले शाखा बिस्तार गरेकोमा उनले आभार प्रकट गरे।

सो अवसरमा पतंजलि योग समिति लुम्बिनी प्रदेश महासचिव घनश्याम अधिकारी, लुम्बिनी प्रदेश प्रशिक्षक प्रशिक्षण बिभाग प्रमुख तथा आचार्यकुलम् दाङका संयोजक दिपक बस्याल,लुम्बिनी प्रदेश सोसल मिडिया प्रभारी डा. अरुण कुमार श्रेष्ठ, दाङ जिल्ला सहप्रभारी बिनोद चौधरी,जिल्ला स्वागत प्रभारी प्रल्हाद शाह,जिल्ला महिला सचिव समिक्षा रिजाल,नगर प्रभारी योगेन्द्र बहादुर शाह,नमुना भुयारथान जवरपुर संरक्षण समितिका अध्यक्ष अधिवक्ता रामशरण चौधरी, प्रतिष्ठित व्यापारी नारायण खनाल,भुयारथान केन्द्रका सचिव लाल बहादुर केसि लगायतले मानसिक एवं शारीरिक स्वास्थ्यका लागि योगलाई गाउँगाउँ बस्ती बस्ती सम्म सम्म पुर्‍याउनु पर्ने र यसको उच्च आदर्श लाई आत्मसात गर्दै आफूहरु लागि पर्ने बताए।
अरनिको साधना केन्द्रका अध्यक्ष लोकराज गिरीको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिव पुर्ण प्रसाद धितालले गरेका थिए।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्