मुख्यमन्त्री चौधरीको निर्देशन : कार्यालय व्यवस्थापनमा जुटनुहोस् – Kanika Khabar
Monday, February 16Nepali News Portal

मुख्यमन्त्री चौधरीको निर्देशन : कार्यालय व्यवस्थापनमा जुटनुहोस्

    मा प्रकाशित

दाङ,२० भदौ ।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले तुलसीपुरमा रहेका सरकारी संरचनाको अनुगमन तथा निरिक्षण गरेका छन् । मुख्यमन्त्री चौधरीले बुधवार सामाजिक विकास डिभिजन कार्यालय स्थानान्तरण गरेको क्षेत्र शिक्षा तालिम केन्दको पूर्वाधार, यातायात व्यवस्था कार्यालय दाङको कार्यालय सार्ने निर्णय भएको गाइडरको सरकारी पूर्वाधार लगायत अन्य सरकारी संरचनाको निरीक्षण गरेका हुन् ।
डिभिजनको साविकको कार्यालय यातायात व्यवस्था कार्यालयललाई दिने र त्यहाँ रहेको सामाजिक विकास डिभिजन कार्यालय शिक्षा तालिक केन्द्रको पूर्वाधारमा सार्ने प्रदेश सरकारको निर्णय पछि मुख्यमन्त्री चौधरीले त्यस क्षेत्रको अनुगमन तथा निरीक्षणमा निस्केका हुन्। शिक्षा तालिम केन्द्र, सामाजिक विकास डिभिजन रहेको कार्यालय क्षेत्रको निरीक्षण र अनुगमन गर्दै मुख्यमन्त्री चौधरी कार्यालय व्यवस्थापनको काममा जुटन सरकारी निकाय र पूर्णरुपमा सहयोग गर्न स्थानीयहरुलाई निर्देशन दिएका हुन् । आबश्यकता अनुसार कार्यालयहरु स्थानान्तरण तथा व्यवस्थापन गरिएको भन्दै उनले त्यसलाई तत्काल कार्यान्वयनको चरणमा लैजान निर्देशन दिए । निर्णय भइसकेको छ, उनले भने, ञअव जति सक्यो छिटो कार्यालय व्यवस्थापन गर्नुहोस ।झ स्थानीय सरोकारवालाहरुको सहभागितामा गरिएको निरीक्षण र अनुगमनमा पूर्वाधारहरुमा केही मर्मत सम्भारको आबश्यकता देखिएकोले त्यसको समेत व्यवस्थापन गरेर समयमै कार्यालय स्थानान्तरण हुनु पर्ने बताए ।
स्थानीयहरुले सरकारले सही निर्णय गरेको भन्दै, सरकारको निर्णयमा पूर्णरुपमा सहयोग र सहकार्य गर्ने बताएका थिए । मुख्यमन्त्री चौधरीले तुलसीपुरमा रहेका अन्य केहि सरकारी संरचनाको समेत निरीक्षण र अनुगमन गरेका थिए । उनले प्रयोगमा नआएका तथा कम प्रयोग भएका सरकारी संरचनाको व्यवस्थापन र सदुपयोग सरकारले गर्ने बताएका छन् ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्