प्रजातान्त्रिक उद्यमी संघबाट अध्यक्ष पदका उम्मेदवारमा जोशी – Kanika Khabar
Wednesday, February 18Nepali News Portal

प्रजातान्त्रिक उद्यमी संघबाट अध्यक्ष पदका उम्मेदवारमा जोशी

    मा प्रकाशित

हिमाल महरा

घोराही । आगामी असोज १३ गते हुने दाङ जिल्ला उद्योग वाणिज्य संघको निर्वाचनमा  नेपाली काङ्ग्रेस निटक व्यापारी संगठन प्रजातान्त्रिक उद्यमी संघले निवर्तमान उद्योग उपाध्यक्ष वसन्त जोशीको नेतृत्वमा जाने सर्बसहम्मत निर्णय गरेको  छ ।

अध्यक्ष पदका उम्मेदवारको लागि प्रजातान्त्रिक उद्यमी संघ घोराहीको तर्फवाट विभिन्न चरणमा यस संस्थाका सल्लाहकारहरु, संस्थापकहरु, प्रजातान्त्रिक निकटका व्यवसायीहरु, पार्टीका तहगत नेतृत्वहरुसँग सुझाव सल्लाह तथा छलफल गर्नुका साथै बजारका अधिकांश व्यवसायीहरुसँगको छलफलबाट अध्यक्ष पदको उम्मेदवारको लागि सर्वसम्मत निर्णय गरिएकाे संघका महासचिव श्रीधर धितालले जानकारी दिए ।

अरु पदमा केही दिनमा कार्यसमितिको बैठक बसेर निर्णय गर्ने र अरु  व्यापारी संगठन संग मिलायर सर्बसहमतमा पदाधिकारी चयन गर्न वर्ता गरिरहेको छौं केही दिन निर्णय हुने उद्योमी संघका अध्यक्ष काली बहादुर खत्री (मानु)ले जानकारी दिए।

जोशी २०७१ सालमा  उद्योग सदस्य  र २०७४ मा उद्योग उपाध्यक्ष पदमा धेरै मत प्राप्त गरी बिजय भयका थिय ।

नेकपा एमाले निकट नेपाल उद्योग तथा व्यवसायी महासंघबाट वर्तमान उपाध्यक्ष रामप्रसाद पोख्रेल र नेकपा (माओवादी केन्द्र) निकट नेपाल उद्याेग व्यापार संगठनले पुर्ब उपाध्यक्ष ओविन्द्र बहादुर महराको नेतृत्वमा अगाडि बढ्ने निर्णय समेत गरेको छ भने राप्रपा निकट राष्ट्रिय प्राजातान्त्रिक उद्योग व्यापार संगठनले पनि वर्तमान सदस्य बिष्णु प्रसाद गौतमको नेतृत्वमा जाने निर्णय गरेको छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्