कमाउन मलेसिया उडेका नरेन्द्र घाइते बनेर फर्किए – Kanika Khabar
Wednesday, February 18Nepali News Portal

कमाउन मलेसिया उडेका नरेन्द्र घाइते बनेर फर्किए

    मा प्रकाशित

घोराही,२१ भदौ ।

घरको आर्थिक अवस्था कमजोर । आम्दानीको कमजोर स्रोतका कारण खर्चको जोहो गर्न बिदेश जाने बाध्यता आईलाग्यो बाँके कोहलपुर नगरपालिका ३ का नरेन्द्र ओलीलाई ।पारिवार लानपालनका लागि भन्दै बर्ष दिन अघि मलेसिया उडे नरेन्द्र ।

धेरथोर आर्थिक जोहो गरेर परिवारलाई सुख दिने प्रणसहित मलेसिया उडेका उनलाई अपांग बनेर नेपाल फर्किनु पर्यो । तीन दिन अघि नेपाल फर्किएका उनी घरसम्म आईपुगेका छैनन् । काठमाडौँस्थित अस्पतालको बेडमा थलिएका छन् । आर्थिक अवस्था कमजोर भएकै कारण मलेसिया उडेका उनको उपचारका लागि आर्थिक जोहो कसरी गर्ने ? परिवार चिन्तामा छ ।

एक बर्ष अघि मलेसिया पुगेर त्याँस्थित एक सुपर मार्केटमा काग सुरु गरेका थिए उनले । काम र दाम दुबै उनका लागि सन्तोषनकै थिए । दुई महिना अघि उनका लागि निकै अप्रत्यासित दुर्घटना निम्तियो । आफुले काम गर्ने कम्पनीको पाँच तलामाथि फोनमा गफिँदै थिए उनी । रेलिङको आडमा अडिएर फोनमा कुरा गर्दै गरेका उनी पाँच तलामाथिबाट भुईँमा खसे ।

धन्न बाँचे उनी । भन्छन्,‘म पाँच तला माथिबाट खसेर पनि बाँचे, यो मेरो भाग्य थियो ।’ उनको देब्रे हात भाँचियो, अनि देबे्रे खुट्टा पनि भाँचियो । शरिरका अन्य भागमा चोट कति कति । म खसेछु, मैले केहि थाहै पाउँदैन,’ उनी भन्छन् ‘म होसमा आउँदा अस्पतालमा थिएँ ।’

सख्त घाईते अवस्थाका उनलाई उनी कार्यरत कम्पनिले अस्पताल पुर्यायो । करिब एक सातासम्म कम्पनीले उनको उपचार गरिदियो । तर हप्ता दिन पछि उनलाई कम्पनीले बेवास्ता गरिदियो । उनलाई अस्पतालबाट उठाएर कम्पनीले फिर्ता लग्यो । मलाई कम्पनीको एउटा कोठामा लगेर सुताईयो,’ उनी भन्छन् त्यहाँ मैले कुनै पनि औषधीमुलो पाएन,कम्पनीले मेरो उपचारका लागि कुनै प्रयास गरेन ।’

अशक्त अवस्थामै कम्पनीको एउटा कोठामा थलिएपछि परिवार उनलाई नेपाल फिर्ता ल्याउने तयारीमा लाग्यो । उनलाई फिर्ता ल्याउनका लागि उनका भिनाजु मलेसिया पुगे । तीन दिन अघि मात्रै उनलाई नेपाल ल्याईएको छ । कम्पनीले उपचारमा कुनै वास्ता नगरेपछि बरु नेपालमै ल्याएर औषधी गर्ने भनेर भाईलाई नेपाल ल्याउने निर्णय गर्यौँ,’ उनकी दिदी लक्ष्मीले भनिन्अ,‘अहिले भाईलाई काठमाडौँको अस्पतालमा राखिएको छ ।’

काठमाडौँ स्थित नेशनल ट्रमा सेन्टरको एउटा बेडमा गर्लम्म छन् नरेन्द्र । उपचार खर्चको जोहो कतैबाट भएको छैन । आर्थिक अवस्था कमजोर छ,कसरी उपचार खर्च जुटाउने ?’ उनकी दिदी लक्ष्मीले भनिन् अस्पतालमा भाई ढलेको मात्रै छ, उपचार केहि पनि भएको छैन ।’

उपचार सहयोगका लागि उनको परिवारले सबैमा अनुरोध गरेको छ ।सहयोगका लागी लक्ष्मी बैंकमा रहेको घनबहादुर ओलीको खाता नम्बर १८८१३१३२४९०४४००१मा सहयोग रकम जम्मा गरिदिन पनि परिवारले अनुरोध गरेको छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्