विमानस्थलका भन्सार कर्मचारी आजदेखि आन्दोलनमा – Kanika Khabar
Monday, February 16Nepali News Portal

विमानस्थलका भन्सार कर्मचारी आजदेखि आन्दोलनमा

    मा प्रकाशित

काठमाडौँ, २५ भदौ ।
त्रिभुवन विमानस्थल भन्सार कार्यालयका कर्मचारीहरूले आजदेखि आन्दोलन सुरु गरेका छन् । सामूहिक सरुवाको माग गरेका कर्मचारीले आफ्नो माग सुनुवाइ नभएको भन्दै आजबाट भन्सार ठप्प पार्न लागेका हुन् ।

६० केजी सुन तस्करी प्रकरणमा कर्मचारीहरूलाई धमाधम पक्राउ गरेर आतङ्कित बनाएको उनीहरूको आरोप छ । भन्सार कार्यालयमा काम गर्ने मनोविज्ञान तथा वातावरण नभएको भन्दै यही भदौ १२ गते १३७ कर्मचारीले सामूहिक सरुवा मागे गरेका थिए ।

सामूहिक सरुवासहित पाँच बुँदे माग राखेर आन्दोलनमा उत्रेका कर्मचारीले आजबाट त्रिभुवन विमानस्थल भन्सार कार्यालयको कार्गो जाँचपास शाखामार्फत हुने निकासी, पैठारी सबन्धी सम्पूर्ण कार्य बन्द गर्ने भएका हुन् । आज माग सम्बोधन नभए भोलि पनि कार्गो शाखाका सबै काम बन्द गर्ने उनीहरूको घोषणा छ ।

उनीहरूले हिजो तीन घन्टा ‘पेन डाउन’ गरेर सांकेतिक विरोध सुरु गरेका थिए । भदौ २७ गतेसम्म पनि माग सम्बोधन नभए पुनः अर्को चरणको आन्दोलनका कार्यक्रम घोषणा गर्ने विमानस्थलका कर्मचारीले जानकारी गराएका छन् ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्