उवासंघ अधिवेशन : गठबन्धनका साझा उम्मेदवार जोशी नेतृत्वका ‘काविल’ – Kanika Khabar
Monday, February 16Nepali News Portal

उवासंघ अधिवेशन : गठबन्धनका साझा उम्मेदवार जोशी नेतृत्वका ‘काविल’

    मा प्रकाशित

दाङ, २५ भदौ ।
दाङ जिल्ला उद्योग वाणिज्य संघको अधिवेशन मिति नजिकिदै गर्दा चुनावी सरगर्मी बढ्दै जान थालेको छ । आगामी असोज १३ गते हुन थालेको संघको अधिवेशनको तयारी तीब्र रुपमा चलेको छ । पटक पटकको छलफलपछि नेपाली काङ्ग्रेस, नेकपा माओवादी केन्द्र लगायतका दलले गठबन्धन गरी संघको अधिवेशनमा जाने सहमति कायम गरेका छन् ।

गठबन्धनले वसन्त जोशीको नेतृत्वमा संघको अधिवेशनमा जाने निर्णय गरेसँगै जोशी गठबन्धका साझा उम्मेदवार बनेका छन् । शालिन स्वभावका व्यावसायी जोशी व्यवसायीका बिच लोकप्रिय मानिन्छन् ।

जोशी २०७१ सालको निर्वाचनमा उद्योग सदस्यबाट संघमा प्रवेश गरेको हुन् । २०७४ को निर्वाचनमा जोशीले सबैभन्दा लोकप्रिय मत लिएर उद्योग उपाध्यक्ष पद विजय भएका थिए ।

विभिन्न संघसंस्थाको नेतृत्व गदै आएका जोशी नेतृत्वमा काविल मान्छिन् । सरल, शालिन तथा मिजासिला स्वभावका जोशी सबैका सामु लोकप्रिय छन् । सबैले रुचाउने जोशी काममा पनि त्यतिकै सक्रिय देखिन्छन् । इमान्दारीपूर्वक जिम्मेवारी वहन गर्ने जोशी निरन्तर रुपमा उद्योगी व्यवसायीका हकहितका लागि क्रियाशील रहने गर्दछन् ।

दुई कार्यकाल दाङ जिल्ला फोटो ग्राफर एसोसियसनको अध्यक्ष भएर कुशल नेतृत्वको भूमिका निर्वाह गरिसकेका जोशी हाल नेपाल फोटोग्राफर महासंघको उपाध्यक्ष समेत रहेका छन् । त्यसो त नेपाल फोटोग्राफर महासंघको लुम्बिनी प्रदेशको अध्यक्ष रहेर नेतृत्वको भूमिका निर्वाह गरिरहेका जोशी रोटरी क्लब दाङका पूर्व सदस्य समेत रहेर काम गरिसकेका छन् । नेपाली काङ्ग्रेसका पार्टी क्षेत्रीय प्रतिनिधि जोशी राजनीतिक तथा सामाजिक क्षेत्रमा पनि उत्तिकै सक्रिय रहेका छन् ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्