नेपाल ट्रक यातायात व्यवसायी महासंघको प्रदेशस्तरीय बैठक सम्पन्न – Kanika Khabar
Wednesday, February 18Nepali News Portal

नेपाल ट्रक यातायात व्यवसायी महासंघको प्रदेशस्तरीय बैठक सम्पन्न

    मा प्रकाशित

दाङ ।

नेपाल ट्रक यातायात व्यवसायी महासंघको प्रदेशस्तरीय बैठक दाङको लमहीमा सम्पन्न भएको छ । बैठकमा भारतीय ट्रकहरुको अतिक्रमण, सरकारबाट निर्धारित भाडा प्राप्ती हुन नसक्नु, सबै क्षेत्रमा तौलपुलहरु सुचारु हुन नसक्नु प्रमुख समस्याको रुपमा खडा भएको निष्कर्श निकालेको छ ।

कार्यक्रममा बोल्दै प्रदेश बैठकका प्रमुख अतिथि नेपाल ट्रक यातायात व्यवसायी महासंघका वरिष्ठ उपाध्यक्ष लोकराज पोखरेलले अहिले नेपाल सरकारले मालवाहक सवारीका लागि भाडादर तोके पनि ओभरलोडकै कारण नेपाली ट्रक व्यवसायीले न्यूनतम् भाडादर पनि नपाउने समस्या रहेको बताए । भारतीय ट्रक तुलनात्मक रुपमा सस्तो रहेको, ओभरलोड बोकेको कारण नेपाली ट्रकहरु भारतीयको प्रतिस्पर्धा गर्न नसकेको उनको भनाइ छ ।

नेपाल ट्रक यातायात व्यवसायी महासंघका केन्द्रिय सचिब उमेशचन्द्र मजगैयाले अहिलेसम्म पनि राज्यले तोकेको भाडा समेत नपाउनु हामी व्यावसायको ठूलो चिन्ताको बिषय भएको बताए । हामी सरकारले तोकेको भाडा दर खोजिरहेका छौ तर पाउदैनै किन ? यसमा कतै सरकारले नै नेपाली ढुवानी सवारी साधन व्यावसायिनै सक्काउन खोजेको त हैनू उनले प्रश्न गरेका थिए ।

ट्रक व्यावसायी महासंघका लुम्बिनी प्रदेश संयोजक यमप्रसाद पाण्डेले अहिलेको अबस्थामा व्यावसायि नै धरापमा पर्नुको मुख्य कारण नै भारतीय ट्रक भएको बताए । हामी भारतमा २० लाख पर्ने मालबाहक सवारी साधन नेपालमा ल्याउदा ६५र७० लाख खर्च गरेर ल्याउछौ तर १५०० ट्राफिक जरिवानाको भरमा भारतिय सवारी निर्बाध रुपमा नेपाल भर दौडदा यो अबस्थामा आइपुगेको बताए ।

राप्ती अञ्चल संयुक्त ट्रक यातायात ब्यबसायी समितिका अध्यक्ष रत्नप्रसाद श्रेष्ठले भारतीय ओभरलोडका कारण नेपालतर्फ सडक, पुललगायतका भौतिक संरचनाको क्षति मात्र नभई आफूहरुको पनि पेशा संकटमा परेको बताए ।

राप्ती अन्चल संयुक्त ट्रक यातायात व्यावसायी समितिका सहसचिब तथा प्रदेश सदस्य गौरब आचार्यले ट्रक यातायात व्यवसायी महासंघले सम्पूर्ण ट्रक व्यावसायीहरुको भबिस्य जोडिएको यस क्षेत्रमा पिर मर्का बुझेर निर्णय गर्न अनुरोध समेत गरे । बैठकमा भारतीय ट्रकहरुको अतिक्रमण, सरकारले निर्धारण गरेको ढुवानी भाडा प्राप्त हुन नसक्नु, लुम्बिनी प्रदेश यातायात निमावली निर्माणको लागी दवाव दिने, दुर्घटना हितकोष प्रभावकारी रुपमा परिचालनको बिषयमा छलफल भएको छ ।

लुम्बिनी प्रदेश सहित गण्डकी, कर्णाली, सुदुरपश्चिम प्रदेशका ट्रक व्यवसायीहरुको सहभागीता थियो । बैठकले भारतीय ट्रकहरुको अतिक्रमण रोक्न तीन तहकै सरकारलाई ध्यानाकर्षण गराउने निर्णय गरेको छ । यसका साथै भन्सार क्षेत्रमा लोडिङ्ग बहिस्कार सम्मका कार्य गर्न सक्ने भन्दै चेतावनी दिइएको छ । सरकारले तोकेको भाडादर प्राप्तको लागी व्यवसायीक एकता र राज्यका निकायलाईनै खबरदारी गर्ने निर्णय गरेको छ । लुम्बिनी प्रदेश यातायात नियमावली बनाउन सरकारलाई ध्यानकर्षण गराउने र बनाउन दवाव दिने निर्णय समेत भएको छ ।

ट्रक व्यवसायी महासंघका लुम्बिनी प्रदेश अध्यक्ष यमप्रसाद पाण्डेको अध्यक्षता तथा केन्द्रिय महासंघका बरिष्ठ केन्द्रिय उपाध्यक्ष लोकराज पोख्रेलको प्रमुख आतिथ्यतामा बैठक सम्पन्न भएको थियो । कार्यक्रमको सहजीकरण बाणगङा ट्रक व्यावसायी समितिका महासचिव तथा केन्द्रिय सदस्य लक्ष्मण भुसालले गरेका हुन ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्