मन्त्रीपरिषद्काे आकस्मिक बैठक बस्दै, नेम्बाङलाई राष्ट्रिय सम्मान दिने तयारी – Kanika Khabar
Monday, February 16Nepali News Portal

मन्त्रीपरिषद्काे आकस्मिक बैठक बस्दै, नेम्बाङलाई राष्ट्रिय सम्मान दिने तयारी

    मा प्रकाशित
फाइल तस्बिर

काठमाडौं , २६ भदाै ।
नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङको निधन भएपछि मन्त्रिपरिषद्काे आकस्मिक बैठक बस्ने भएको छ ।

नेम्वाङलाई दिइने सम्मानका विषयमा निर्णय लिन मन्त्रीपरिषद् बैठक बस्न लागेको हो ।

नेम्वाङलाई कस्तो सम्मान दिने भन्ने विषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड अहिले परामर्शमा रहेका छन् । प्रधानमन्त्रीले नेम्वाङलाई दिइने सम्मानका लागि परामर्श गरिरहेका छन् । सम्मानको टुङ्गो लागेपछि मन्त्रीपरिषद् बैठक बोलाएर निर्णय लिइने बताइएको छ ।

स्रोतका अनुसार केहीबेरमा मन्त्रीपरिषद् बैठक बसेर नेम्वाङलाई राष्ट्रिय सम्मान दिने निर्णय गर्ने तयारी छ ।
त्यसो भएमा नेम्वाङको शव व्यवस्थापनदेखि अन्त्येष्टिसम्म नेपाली सेना संलग्न हुने स्राेतले बताएकाे छ ।

अन्तिम सम्मानसम्बन्धी कार्यविधिमा तोकिएका बाहेक अरुको हकमा राष्ट्रिय सम्मानबारे मन्त्रीपरिषदले निर्णय गर्नुपर्ने व्यवस्था छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्