मा प्रकाशित
काठमाडौं, २६ भदाै ।
जनता समाजवादी पार्टी (जसपा) की मधेश प्रदेश सांसद बिन्दुकुमारी यादवको निधन भएको छ।
आज मंगलबार बिहान ८ बजेर ५ मिनेटमा उपचारको क्रममा प्रादेशिक अस्पताल जनकपुरमा निधन भएकाे हाे ।
पाठेघरको मुखको क्यान्सरबाट पीडित उनको लामो समयदेखि उपचार चलिरहेको थियो।
सर्लाहीको कविलासी नगरपालिका सिर्सियाकी उनी गत निर्वाचनमा समानुपातिक तर्फबाट सांसद चुनिएकी थिइन्।


