तुलसीपुर र दंगीशरणमा पालिकास्तरीय एथलेटिक्स संघ गठन – Kanika Khabar
Saturday, April 27Nepali News Portal

तुलसीपुर र दंगीशरणमा पालिकास्तरीय एथलेटिक्स संघ गठन

    मा प्रकाशित

लक्ष्मण बस्नेत
दाङ,२६ भदौ ।

तुलसीपुर नगर एथलेटिक्स संघको अध्यक्षमा सिमान पाण्डे चयन भएका छन् । दाङ जिल्ला एथलेटिक्स संघका अध्यक्ष तथा केन्द्रिय प्रतिनिधि गीता बस्नेत राईको अध्यक्षता एवं तुलसीपुर उपमहानगरपालिका युवा तथा खेलकुद समितिका संयोजक शिवानन्द डागीको रोहवरमा भएको मंगलवार भएको भेलाले सिमान पाण्डे अध्यक्ष रहेको ७ सदस्यीय तुलसीपुर नगर एथलेटिक्स संघ गठन गरेको हो ।

उपाध्यक्षमा अरुणा रिजाल, सचिवमा सन्तोष खड्का, कोषाध्यक्षमा विश्वास चौधरी चयन भएका छन् । त्यस्तै सदस्यहरुमा स्माईल अन्सारी, हेमन्त कडेल (हिमाल) र सुरज केसी रहेका छन् ।

त्यसैगरी जिल्ला अधिवेशन प्रतिनिधिका लागि सिमान पाण्डे र हेमन्त कडेल हिमाललाई प्रतिनिधि पठाउने निर्णय भएको छ । यसैबीच दंगीशरण गाउँपालिका एथलेटिक्स संघको अध्यक्षमा जितेन्द्र डाँगी चयन भएका छन् । दाङ जिल्ला एथलेटिक्स संघका अध्यक्ष तथा केन्द्रिय प्रतिनिधि गीता बस्नेत राईको अध्यक्षता एवं दंगीशरण गाउँपालिका शिक्षा,युवा तथा खेलकुद शाखा प्रमुख बिनोद अधिकारीको रोहवरमा भेलाले जितेन्द्र डागी अध्यक्ष रहेको ९ सदस्यीय एथलेटिक्स संघ सर्वसहमतिले गठन गरेको हो ।

जसको उपाध्यक्षमा बेदबहादुर डाँगी,सचिव रेशम केसी, कोषाध्यक्ष सरिता बस्नेत रहेका छन् । त्यसैगरी सदस्यहरुमा प्रदिप चन्द,थकाराम वली,पदमबहादुर बस्नेत राधा बुढाथोकी र सुचना चौधरी रहेका छन । त्यस्तै जिल्ला अधिवेशन प्रतिनिधीमा जितेन्द्र डागी र प्रदिप चन्द लाई पठाउने निर्णय भएको छ ।

भेलामा दंगीशरण गाउँपालिका शिक्षा,युवा तथा खेलकुद शाखा प्रमुख बिनोद अधिकारी, दाङ जिल्ला एथलेटिक्स संघका अध्यक्ष तथा केन्द्रिय प्रतिनिधि गीता बस्नेत राई, एथलेटिक्स प्रशिक्षक पद्मा चौधरी लगाएतले बधाई तथा शुभकामना मन्तव्य ब्यक्त गरेका थिए । त्इसअवसरमा एथलेटिक्स खेल बिधाका खेलाडि तथा खेलप्रेमिको सहभागिता रहेको थियो । कार्यक्रमको संचालन दाङ जिल्ला एथलेटिक्स संघका सचिब लक्ष्मण बस्नेतले गरेका थिए ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्